back
ntc
global ime bank

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

90 

shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो ।

तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरू, जस्तै स्तनमा गाठा, स्तनमा साना–साना पोर्स, स्तनमा कोठी जस्ता देखिने बारेमा जानकारी दिँदै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सर सफलतापूर्वक निको हुन सक्ने कुरा स्पष्ट पार्नु्भयो ।

स्तन क्यान्सर केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि देखिन सक्ने समेत उल्लेख गर्नुभयो । यदि प्रारम्भिक चरणमै स्तन क्यान्सर पहिचान गरिएर उपचार सुरु गरिने हो भने यो रोग पूर्ण रूपमा निको पार्न सकिने सम्भावना धेरै रहने जानकारी पनि गराउनु भयो । तालिमको क्रममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्नो जीवनका अनुभवहरू सुनाउँदै सबैलाई हरेक ५–६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन समेत प्रेरित गर्नुभयो । उहाँहरुले आफ्नो परिवार र आफन्तजनको माया र उच्च मनोबलले रोगलाई जित्न उत्प्रेरित गरेको पनि बताउनुभयो ।

कामना सेवा विकास बैंकले यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ । यस्ता कार्यक्रमहरूले कर्मचारीहरूको मात्र होइन, सम्पूर्ण समाजमा क्यान्सर सम्बन्धी सचेतना फैलाउन र यसप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...