back
ntc
global ime bank

विकासको विरोधी कोही पनि छैन, विरोधका पनि सीमा हुन्छन् : योगेश भट्टराई

282 

shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले धर्म र संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रवेश गराउन नहुने बताएका छन् । आइतबार तिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको जिम्मा ऐन–कानुनानुसार नै निजी क्षेत्रलाई दिइएको उनको भनाइ छ ।

“नेपालको ऐन–कानुनको व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मा कुनै निजी क्षेत्रलाई दिएको बिर्सन हुँदैन । त्यसकै आधारमा निर्माण कार्य अघि बढाएको हो,” उनले भने, “विरोधका सीमा हुन्छन् । सभ्य र शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्छ ।”

ताप्लेजुङबाटै सांसद चुनिएका भट्टराईले धर्म र संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रवेश गराउन नहुनेमा जोड दिए । “विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन,” उनले भने, “धर्म र संस्कृतिलाई व्यक्तिका निजी स्वार्थमा प्रयोग गर्न, राजनीतिमा प्रवेश गराउँछौँ, त्यसले भंयकर विवाद ल्याउँछ ।”

 


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...