परराष्ट्रमन्त्री डा. देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
144
shares
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवा र स्विस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा. देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् ।
मन्त्री डा. देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि स्विस सरकारलाई पनि आग्रह गरिन् ।
सो भेटवार्तामा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थिए ।
वि.सं.२०८१ फागुन १२ सोमवार १७:५२