पाथीभरा केबुलकार निर्माण विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डको चेतावनी
300
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारको बल प्रयोग भए आफूहरू आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् । हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई(मधेस जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
“सरकारले बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाउने, प्रहरी घाइते हुने परिस्थिति बनाएको छ।” उनले भने, “यदि वार्ता र संवादबाट समाधान नखोजिए, माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलन सुरु गर्नेछ।”
वि.सं.२०८१ फागुन १३ मंगलवार १५:२९