कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यको जिम्मेवारी सापकोटालाई
156
shares
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा बाबुकृष्ण सापकोटा मनोनित भएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सापकोटालाई मनोनयन गरेको जनाएका हुन् ।
धादिङलाई राजनीतिको कर्मक्षेत्र बनाएर राजनीति गर्दै आएका उनी पार्टीको जिल्ला कार्यसमितिको निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवामा पनि त्यत्तिकै सक्रिय सापकोटाले आफू मनोनित भएपछि पार्टीले दिएको जिम्मेवारी इमानदारिताका साथ वहन गर्ने बताएका छन्
पार्टीले विधान २०१७ (संशोधनसहित) को धारा (२५) ९ अनुसार सापकोटालाई मनोनीत गरेको जनाएको छ । विभागको संयोजक पार्टीका केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् । सापकोटाबाहेक अन्य ९ जना पनि विभागमा मनोनित भएका छन् ।
वि.सं.२०८१ फागुन १४ बुधवार २३:५२