back
ntc
global ime bank

अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन–३

798 

shares

काठमाडौँ । बलिवुड अभिनेत्री कियारा आडवाणीले आफ्नो गर्भवती भएको घोषणा गरेर फ्यानहरूलाई खुसीको खबर दिएकी छिन् । तर, यसले फरहान अख्तर निर्देशित आगामी फिल्म डन–३ लाई भने असर पारेको छ । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले परिवारको लागि फिल्मबाट ब्रेक लिने भएपछि उनले फिल्म डन–३ छोडेकी छिन् ।

कियाराले हाल टक्सिक र वार २ को छायांकन समेट्दै गरेको बताइएको छ । यसपछि, उनी आफ्नो परिवार र आफ्नो हुने बच्चाको लागि समय निकाल्न चाहन्छिन् । यसका लागि उनी फिल्मबाट ब्रेक लिनेछिन् । उनको निर्णयलाई डन– ३ का निर्माताहरूले सम्मान गरेको र अब यो फिल्मको लागि नयाँ अभिनेत्रीको खोजी सुरु भएको बताइएको छ ।

कियारा आडवाणीले हालै सामाजिक सञ्जालमा आफ्नो गर्भवती भएको घोषणा गरेकी थिइन् । उनले एउटा तस्वीर पोस्ट गर्दै, हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार आउन लागेको लेखेकी थिइन् ।

कियारा आडवाणी यस वर्ष रिलिज हुने फिल्म वार २ को छायांकन गरिरहेकी छिन् । यसबाहेक उनी केजीएफ स्टार यशसँग फिल्म टक्सिकमा देखिनेछिन् । यसबाहेक, उनीसँग दिनेश विजन निर्देशित हरर कमेडी शक्ति शालिनी पनि छ । रिपोर्टका अनुसार, कियाराले सुत्केरी बिदाबाट फर्केपछि शक्ति शालिनीको छायांकन सुरु गर्नेछिन् । धूम ४ मा रणवीर कपूरसँगै कियारालाई कास्ट गरिने खबर पनि आएको थियो।

फरहान अख्तर निर्देशित फिल्म डन– ३ को छायांकन २०२४ को अन्त्यसम्ममा सुरु हुने भनिएको थियो, यद्यपि यो स्थगित गरिएको थियो । अब कियाराले फिल्म छोडेपछि फिल्मको छायांकन फेरि स्थगित हुन सक्ने बताइएको । यस फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् भने विक्रान्त मेस्सी नकारात्मक भूमिकामा देखिनेछन् । यसअघि दुवै कलाकारले २०१३ मा रिलिज भएको फिल्म लुटेरामा सँगै काम गरिसकेका छन् ।

डन फ्रान्चाइजीको पहिलो भागमा अमिताभ बच्चन डनको भूमिकामा देखिएका थिए । यो चलचित्र १२ मे १९७८ मा सिनेमाघरहरूमा रिलिज भएको थियो । जबकि, फिल्मको दोस्रो भाग २००६ मा रिलिज भएको थियो । फिल्ममा शाहरुख खानसँग प्रियंका चोपडा मुख्य भूमिकामा देखिएकी थिइन् । यस फिल्मको सिक्वेल डन–३ हो । यो फिल्मलाई फरहान अख्तरले निर्माण र निर्देशन गर्दैछन्

 


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...