back
prabhu bank
sanima relaince life

सन्दर्शः ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस

732 

shares
prabhu bank
sanima relaince life

अन्तर्राष्ट्रिय नारी दिवस खासगरी महिला जागरूकता लागि मनाइँदै आइएको छ । नारी दिवस हरेककको दिन विभिन्न कार्यक्रमका साथ ८ मार्चमा विश्वभरी मनाइने गरिएको छ । यो दिवस राजनितिक हिसाबबाट शुरु गरिएको भए तापनि पछिल्लो समय राजनीतिक मात्रै नभएर महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदिका हिसाबले अन्तर्राष्ट्रिय महिला दिवसका मनाउने गरिएको छ ।

नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको थियो । त्यसैगरी सन् २०१३ मा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाएको थियो । अहिले नारी दिवस मार्च महिना भरी नै मनाउने चलन छ । सर्वप्रथम नारी दिवसको आयोजना राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा गरेको थियो ।

सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कामदारहरुको आन्दोलनको स्मरणमा नारी दिवस २८ फेब्रुअरि १९०९ को दिन मनाएको थियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको थियो । त्यतिबेला नारी दिवसको मुख्य उद्देश्य विश्वभरिका महिलाहरूलाई मताधिकार दिनुथियो । त्यसभन्दा अगाडि अधिकांश देशहरूमा महिलाहरूलाई मताधिकार थिएन । सन् १९१७ मा रसियाका महिलाहरूले, नारी दिवसमा गाँस र कपासको लागि ठूलो भोकहट्ताल गर्ने निर्णय गरेका थिए । त्यो हडताल ठूलो, निर्णायक र ऐतिहासिक थियो ।

त्यसपछि बनेको त्यहाँको अन्तरिम सरकारले महिलाहरूलाई मताधिकार दिएको थियो । त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । सोही दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथ नारी दिवस मनाउने चलन छ । खासगरी नेपालमा प्रजातन्त्र स्थापना यता विशेष महत्वका साथ नारी निवस मनाउने चलन छ ।

नेपाली महिलाहरुले अहिले जति अधिकार पाएका छन् त्यो प्रजातन्त्र आउनु अगाडि पाएका थिएनन् । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ धुमधामका साथ मनाइएको छ । नारी दिवसको उपलब्धमा नेपाली कांग्रेस सिन्धुलीले आयोजना गरेको कार्यक्रमको महामन्त्री गगनकुमार थापा सिन्धुली पुगेका थिए । कांग्रेस केन्द्रीय कार्यालयलगायत देशका विभिन्न ठाउँमा नारी दिवस कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी काठमाडौंको अनामनागरस्थित जय नेपाल फाउण्डेसनले पनि केक काटेर भव्य रुपमा नारी दिवस मनाएको थियो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतम, विनिता अधिकारी सिन्धुली कांग्रेसकी नेतृृ बिजुला वर्मा, रन्जित कर्ण, भुपेन्द्रजंग शाही, गोमादेवी केसी, कल्पना खड्का, वीरेन्द्र सल्यानीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित दिनी बहिनीहरुले अन्तर्राष्ट्रिय नारी दिवसको महत्वबारे प्रकाश पार्दै आ–आफ्नो धारणा राखेका थिए ।  नारी दिवस खाली रमाइलाको लागि मात्रै नभएर यसले नेपाली महिलाहरुको हक अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानताको गतिलो कडी सावित भएको छ ।

यसले नेपाली नारीहरुले आफ्नो हक अधिकारको बारेमा बोल्ने, विचार आदनप्रदान र सशक्तिकरणको वकालत गर्ने मञ्चको रुपमा उपयोग गर्दै आएका छन् । यसैलाई अंगिकार गर्दै नेपाली महिला दिदीबहिनीहरुले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका थिए । (प्रस्तुतीः तारा थपलिया)


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...