उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुने पूर्वराजालाई प्रचण्डको चेतावनी
78
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गणतन्त्र घोषणा गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वासनसहित नतोकी तत्कालका लागि सुरक्षित ठाउँ दिइएर्का बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ,” उनले भने । प्रचण्डले अहिले चाहिँ चलखेल कसरी बढ्यो भन्ने मुख्य प्रश्न रहेको बताए ।
“यस खालका चलखेल आज मात्रै भएका होइनन् । हिजो पनि थिए । अहिलेचाहिँ यो अचनाक किन वृद्धि भयो ?,” उनले सोधे ।
वि.सं.२०८१ फागुन २७ मंगलवार १५:०९