होली पर्व मनाउँदा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि गरे कारबाही गरिने
606
shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली मनाउँदा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि गरे कारबाही गरिने चेतावनी दिएको छ ।आज
एक सूचनामार्फत प्रशासनले मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको हो ।
“सामाजिक व्यवहार (सुधार ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,” सूचनामा उल्लेख छ ।
फागुन २९ गते काठमाडौंसहित पहाडी र हिमाली जिल्लामा र चैत १ गते तराईमा होली मनाइनेछ ।
वि.सं.२०८१ फागुन २७ मंगलवार १५:१५