back
ntc
global ime bank

नयाँ गठबन्धन सांसद्हरुको अभिमुखी कार्यक्रम दिउँसो १ बजे हुदैँ

396 

shares

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि आठ दलीय गठबन्धनको कार्यदलले यसअघि गरेको थियो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खान लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...