back

ओमानबाट वीरगञ्ज आइपुग्यो एक लाख बोरा युरिया मल

वीरगन्ज । ओमानबाट एक लाख बोरा युरिया मल वीरगञ्ज आइपुगेको छ । ओमानबाट खरिद गरिएको ३० हजार मेट्रिक टनमध्ये पाँच हजार मेट्रिक टन (एक लाख बोरा) मल वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह ९ ड्राइपोर्ट० हुँदै भित्रिएको हो ।

गत शनिबार र सोमबार गरी दुई खेपमा थप एक लाख बोरा युरिया मल वीरगञ्ज आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाईंले जानकारी दिएका छन् । उनले शनिबार र सोमबार गरी दुई खेपमा २५र२५ सय मेट्रिक टन युरिया वीरगञ्ज ड्राइपोर्टमा आइपुगेको बताए ।

यसअघि साउन १९ गते पहिलो खेपमा २५ सय मेट्रिक टन ९५० हजार बोरा० युरिया मल वीरगन्ज ड्राइपोर्टमा आएको थियो । साउन १९ देखि साउन २३ ९बुधबार सम्म० गरि तीन खेपमा कुल १ लाख ५० हजार बोरा युरिया मल भारतको कोलकत्ता बन्दरगाहबाट वीरगन्ज स्थित ड्राइपोर्टमा आइपुगेको चौलागाईंले जानकारी दिए ।

चौथो खेपमा बुधबार थप २५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज ड्राइपोर्टमा आइपुग्ने जानकारी प्राप्त भएको पनि चौलागाईंले जानकारी दिए। नेपाल सरकारले ग्लोबल टेण्डरमार्फत ओमानबाट खरिद गरेको ३० हजार मेटन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले लिएको छ ।

ओमानबाट नेपालको मल पानी जहाजमा सामुन्द्रिक मार्ग हुँदै भारतको कोलकत्ता बन्दरगाहमा आउने र त्यहाँबाट रेलबाट वीरगञ्जस्थित ड्राइपोर्टमा ढुवानी हुँदै आएको छ । ओमानबाट खरिद गरिएको कूल ३० हजार मेट्रिक टन युरियामध्ये २२ हजार ५ सय मल ९ खेपमा गरि वीरगन्जकै ड्राइपोर्ट नाका हुँदै भित्रिनेछ भने बाँकी ७ हजार ५ सय मेटन मल विराटनगर नाका हुँदै आउने चौलागाईंले जानकारी दिए ।

धानबालीका लागि लक्षित गरि नेपाल सरकारले ओमानबाट खरिद गरेको युरिया मल रोपाइँका बेला आउन नसकेपनि अहिले रोपाइँ भएको धानमा टप ड्रेसिङ गर्ने बेला ९गाँज हाल्ने बेला० भएकाले त्यसमा प्रयोग हुने बताइएको छ । चौलागाईंले भने, ‘विविध कारणले रोपाइँका बेला मल आउन सकेन, तर यति खेर धानबालीमा टप ड्रेसिङ गर्ने बेला भएको छ, यही बेला युरिया चाहिन्छ, एकदम ठिक बेला मल आइपुगेको छ ।’ वीरगन्जस्थित कृषि सामग्री कम्पनीमा आइपुगेको युरिया मल मंगलबारदेखि जिल्लाहरूमा पठाउन शुरु गरिसकेको जानकारी पनि उनले दिएका छन् ।

जिल्लाबाट मलको बिक्रीवितरण भने बिहीबार या शुक्रबारदेखि मात्रै सुरु गरिने पनि उनले बताए । वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहु, पर्वत, नुवाकोट, कास्कीलगायत १६ जिल्लामा रासायनिक मलको आपुर्ति गर्दै आएको छ ।

कार्यालय प्रमुख चौलागाईंका अनुसार ओमानबाट अहिले खरिद गरि आयात भइरहेको ३० हजार मेट्रिक टन युरिया मलमध्ये मधेस प्रदेशमा ८ हजार ५ सय वितरण गरिने छ । पर्साका लागि भने ८ सय ५० मेटन ९१७ हजार बोरा० र बाराका लागि १ हजार मेटन ९२० हजार बोरा० युरिया वितरण गरिने चौलागाईंले जानकारी दिए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...