खेम पुनको ’मर्ने सुई लाइदेउ’ बन्यो विन्दवासिनी म्युजिक अवार्डको उत्कृष्ट लोकदोहोरी भाका
7.6K
shares
गणेश शर्मा
काठमाडौं, चैत्र २९ । नेपालमा बितरण गर्दै आएका सांगीतिक अवार्डहरु मध्यको सबैभन्दा प्रतिष्ठित म्युजिक अवार्ड “विन्दवासीनी म्युजिक अवार्ड“ को १५ औं संस्करण गत बिहिवार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
विभिन्न १७ बिधाका उत्कृष्ट कोशेलीहरुलाई छनोट गरी बितरण गरिएको अवार्डमा बर्षको उत्कृष्ट दोहोरी गीत भाका अन्तर्गत लोकप्रिय सर्जक तथा गायक खेम पुनले सिर्जना गरेको ‘मर्ने सुई लाइदेउ’ गीतको भाका सर्बोकृष्ट चुनिएको छ ।
अमेरिकामा रहेर पनि दर्बिलो सर्जक र गायकको परिचय बनाएका पुनले नेपाली गीतसंगीतको उचाई बढाउन दुईदशक देखि निरन्तर आफुलाई समर्पित गरेका छन ।त्यसैको प्रतिफल स्वरुप नै यो अवार्ड पुनको पोल्टामा परेको देखिन्छ । आफ्नो सिर्जना बिन्दबासीनी म्युजिक अवार्ड जस्तो चर्चित अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी मिलेको उनले तरुण दैनिकलाई बताए ।
प्रतिनिधि मार्फत अवार्ड ग्रहण गरेपश्चात सर्जक पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस साझा गर्दै लेख्छन,“१५औँ विन्दवासीनी म्युजिक अवार्ड तथा स्रष्टा सम्मानको अवसरमा लोकदोहोरी विधा (भाका) तर्फ मलाई सफलता मिलेको छ। यसअघि साथीभाइहरूले फारम भरिदिएर एक–दुई अवार्ड प्राप्त गरेको थिएँ। तर, विन्दवासीनी अवार्ड गर्विलो भएकाले यसपटक मैले आफैं फारम भरेको हुँ। त्यसैले यो अवार्ड मेरो पहिलो तथा अन्तिम अवार्ड हो।
जुरी संयोजक आदरणीय चन्द्र शर्मा दाइ, सहयोगी मनहरू अशोक मण्डल भाइ, राजेन्द्र अधिकारी ज्यु, दीपा भान्जी, तिलक बोहोरा मित्र, लक्ष्मण खतिवडा भाइ, विष्णु किसान थापा दाइ, साथी विकास केसी, कमल जिसी भाइ, एलपी ढकाल भतिज तथा अज्ञात भोटर ज्युहरू र आयोजक समितिलाई हार्दिक धन्यवाद।”
वि.सं.२०८१ चैत २९ शुक्रवार १७:०३