back
prabhu bank
sanima relaince life

बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न

840 

shares
prabhu bank
sanima relaince life

मकवानपुर । यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिएका छन् ।

त्यस्तै बागमती प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन सय ५० हेक्टर ९८५ प्रतिशत० रोपाइँ सकिएको सूचना अधिकारी चौलागाइँले जानकारी दिए ।

नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार आठ सय ५५ हेक्टर क्षेत्रफल ९९० प्रतिशत० मा रोपाइँ सकिँदा रसुवामा एक हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमध्ये एक हजार सात सय ६० हेक्टर क्षेत्रफल ९९४ प्रतिशत०मा रोपाइँ सकिएको सरकारी आँकडा छ ।

त्यसैगरी ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर र काठमाडौँको पाँच हजार नौ सय ५९ हेक्टरमा धानखेती हुने गर्दछ । यी तीनवटै जिल्लाहरुमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाइँले उल्लेख गरे ।

काभ्रेपलाञ्चोकमा नौ हजार तीन सय ८५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय ४७ ९९३।२ प्रतिशत० मा रोपाइँ सकिँदा सिन्धुपाल्चोकका आठ हजार पाँच सय ९० हेक्टर क्षेत्रफलमध्ये आठ हजार एक सय ६१ हेक्टर ९९५ प्रतिशत० मा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर क्षेत्रफलमध्ये सात हजार पाँच सय ५९ हेक्टर ९८५ प्रतिशत०मा धान रोपेर सकिएको छ । दोलखामा दुई हजार नौ सय २८ हेक्टर क्षेत्रफलमध्ये दुई हजार छ सय ३५ हेक्टर ९९० प्रतिशत० मा हालसम्म रोपाइँ सकिँदा सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ४३ हेक्टर ९९३ प्रतिशत० मा रोपाइँ सकिएको हो ।

प्रदेशको धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार छ सय एक हेक्टर ९९५ प्रतिशत० मा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...