नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक
726
shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पोरेसन’का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन हीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा हान नेतृत्वको भ्रमण दलले नेपालमा रेलवेको विकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा ‘स्काई वाक’ कम्पनीले तयार गरेको चतराधाम–चौरीखर्कसम्मको ‘एभरेस्ट रेलवे प्रोजेक्ट’को एनिमेसन–भिडियो प्रस्तुत गरिएको थियो ।
एक सय २६ वर्षे रेलवेको इतिहास बोकेको कोरियाको स्थापित उक्त कम्पनीले नेपालमा रेलवे निर्माणका लागि सहकार्य गर्ने इच्छा देखाएको छ ।
छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी थिए ।
वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१३