back
ntc
global ime bank

सङ्ग्राहलयमा पर्यटक आकर्षित हुन सकेन

330 

shares

काठमाडौं । विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् ।

पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा वाद्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको खासै वृद्धि भएको छैन । संरचना र सामग्री थप गरिए पनि गएको पाँच वर्षमा हरेक वर्ष सङ्ग्रहालय भ्रमण आउने पर्यटक सङ्ख्यामा वृद्धि हुनुभन्दा थप खस्किएको सङ्ग्रहालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५र७६ मा एक हजार छ सय २७ जनाले सङ्ग्रहालय अवलोकन गरेका थिए । त्यसपछि कारोना महामारीका कारण आर्थिक वर्ष २०७६र७७ मा दुई सय ३४ र २०७६र७७ मा चार सय ७८ जनाले सङ्ग्राहलय अवलोकन गरेका थिए । त्यसपछि गत आव २०७८र७९ मा एक हजार ६१ जनाले अवलोकन गरेको सङ्ग्रहालय चालु आव २०७९र८० को माघसम्ममा तीन सय ८२ जनाले मात्र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

समाजले सङ्ग्रहालयको महत्व नबुझेको र त्यहाँ राखिएको विषयवस्तुको ज्ञान नहुँदा सङ्ग्राहलयमा पर्यटक आकर्षित हुन नसकेको कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीको भनाइ छ । “कला, संस्कृतिको अध्ययन गर्न आउने कम मान्छे यहाँ घण्टौँसम्म बसेर जान्छन् ।” अधिकारीले भने , “तर आएका धेरै मान्छेहरू एकसर्को घुमेर जान्छन् ।” सङ्ग्रहालयको महत्व र यहाँ रहेको विषयवस्तुबारेमा व्यापक प्रचार–प्रसार गरेमा सङ्ग्रहालयप्रति जनसमुदय आकर्षित हुनसक्ने अधिकारीको भनाइ छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...