back
ntc
global ime bank

जसपाको बैठक बस्दै

330 

shares

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा दिउँसो ३ बजे बैठक बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

सत्ता गठबन्धनमा भागबण्डा गर्दा राष्ट्रपति उम्मेदवार नेपाली कांग्रेसले र उपराष्ट्रपति उम्मेदवार जसपाले पाउने सहमति भएको थियो । राष्ट्रपति पदको निर्वाचन आज र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुनेछ ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

जसपाका नेता थापाका अनुसार आज बिहान ९ बजे आफ्ना सबै सांसदहरूलाई पार्टी कार्यालय बालकुमारीमा उपस्थित हुन भनिएको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको उनले बताए ।

जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...