back

चोरी बढेपछि उद्योगी–व्यवसायीले सुरक्षा माग गर्दै बुझाए ज्ञापनपत्र

बनियानी । चोरीका घटना बढ्न थालेपछि झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गरेको छ ।

संघले आज भद्रपुर नगरपालिकामा नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायीको टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

उपाध्यक्ष धमलाले भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरूमा केही दिनयता चोरीका घटना बढ्दै गएकाले नगरपालिकामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाइएको बताए ।

उनले भने“दिउँसै चोरीका घटना भइरहेका छन्”। “स्थानीय सरकारलाई सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाएका हौँ ।”

सङ्घले नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर त्रासितरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन समेत आग्रह गरेको छ ।

 

 


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...