back
ntc
global ime bank

इटहरी उपमहानगरपालिकाद्वारा कर्मचारीको सुविधा कटौती

324 

shares

विराटनगर । इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । उपपमहानगरपालिकाले खर्च घटाउनका लागि कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर तेल सुविधा दिर्दै आएकोमा कटौती गरेको हो ।

२६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी गराएका छन् ।
‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’
उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रुपैयाँ खर्च हुँदै आएको थियो । इन्धन सुविधा कटौती गर्दा वर्षको एक करोड सात लाख रुपैयाँ जोगिने मेयर पौडेलले बताए ।

महालेखा परीक्षकको कार्यालयले पनि खाजा खर्च कटौती गर्न उपमहानगरपालिकालाई सुझाव दिएको थियो ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...