back
sanima relaince life

एसिया कप २०२२ : भारतलाई आठौंपटक एसिया कप जिताउन सक्ने तीन खेलाडी को हुन ?

630 

shares
sanima relaince life

काठमाडौं । एसिया कप २०२२ का लागि भारतीय टोली तयारीमा जुटेको छ। यसका लागि चयनकर्ताले भारतीय टीमको घोषणा गरेका छन्।एसिया कप २७ अगस्टबाट सुरु हुँदैछ। भारत समूह ‘ए’ मा छ। समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन्। कुवेत, हङकङ, सिंगापुर र युएइमध्ये एक टोली यस समूहमा रहने छन्।

प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी९ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्।

सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ। प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच २७ अगस्टमा प्रतिस्पर्धा हुनेछ। रोहित शर्माको कप्तानीमा भारत आठौंपटक एसिया कपको उपाधि जित्न चाहन्छ। भारतीय टीममा उत्कृष्ट खेलाडीहरू छन्। तीमध्ये यहाँ भारतलाई एसिया कप जिताउन सक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौं।

ऋषभ पन्त

ऋषभ पन्त अहिले तीनै प्रारूपको क्रिकेटमा भारतीय टोलीका लागि नम्बर एक विकेटकिपर ब्याट्सम्यान हुन्। यसपटकको एसिया कप टी९२० फर्म्याटमा खेलाइनेछ। पछिल्ला केही वर्षमा पन्तले आफ्नो ब्याटिङमा धेरै सुधार गरेका छन्।

जब भारतीय टीम अप्ठ्यारो परिस्थितिमा पुग्छ, तब पन्त ढाल बनेर उभिन्छन्। पन्तको एक हातले छक्का प्रहार गर्ने तरिका लोकप्रिय छ। उनको विकेटकिपिङ कौशल पनि अचम्मको छ। पन्तले भारतका लागि ५४ टी९२० खेलमा ८८३ रन बनाएका छन्। एसिया कपमा कप्तान रोहित शर्माले उनीबाट धमाकेदार खेलको अपेक्षा गरेका छन्।

सूर्यकुमार यादव

सूर्यकुमार यादवले सन् २०२१ मा भारतीय टोलीबाट डेब्यु गरेका थिए। त्यसबेलादेखि उनी उत्कृष्ट प्रदर्शन गरेर भारतीय टोलीका लागि मध्यक्रममा बलियो कडी बनेका छन्। उनले इंग्ल्यान्ड र वेस्ट इन्डिज भ्रमणमा आफ्नो खेलबाट सबैको मन जितेका छन्। उनले इङ्ल्यान्डविरुद्ध टी९२० क्रिकेटमा शतक बनाएका थिए। सूर्यकुमारलाई भारतका ‘एबी डिभिलियर्स’ भनिन्छ। उनी मैदानको चारैतिर स्ट्रोक बनाउन माहिर छन्। सूर्यकुमारले भारतका लागि २३ टी९२० खेलमा ६७२ रन बनाएका छन्।

दीपक हुड्डा

दीपक हुड्डाले आयरल्यान्डविरुद्ध शतक प्रहार गर्दै भारतीय टीममा आफ्नो स्थान पक्का गरेका थिए। उनी क्रिजमा टिकेर ब्याटिङ गर्न माहिर छन्। उनीसँग हारेका खेल जिताउने क्षमता छ। ब्याटिङका अलावा हुड्डा बलिङमा पनि टोलीका लागि योगदान दिन सक्छन्। उनको स्पिन बलको सामु ब्याट्सम्यानलाई टिक्न निकै समस्या हुन्छ। हुड्डाले भारतका लागि नौ टी९२० खेलमा २७४ रन बनाएका छन्। जसमा एक शतक पनि समावेश छ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...