back

राष्ट्रिय किताबखाना निजामतीद्वारा सचिव तथा सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका सचिव तथा सहसचिव सरहका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

किताबखानाले सोमबार एक सूचना प्रकाशित गरी सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो । कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको राष्ट्रिय किताबखानाका महानिर्देशक डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको र सरुवा, बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको हो । यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने महानिर्देशक डा पाण्डेयले बताए ।

उनले भने, ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको छ । सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उहाँहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ, अब सबै कर्मचारीले आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्नुपर्छ ।’

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने राष्ट्रिय किताबखाना निजामती ले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झण्डै सात सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...