back
rubela khop

कर नतिर्ने ३३ निकायलाई कारबाही काठमाडौं महानगरपालिकाले गर्ने

228 

shares
rubela khop

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो ।

कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही प्रक्रिया अघि बढाउन लागिएको कामपा राजश्व विभागका निर्देशक ध्रुव काफ्लेले बताउनुभयो । ती करदाताबाट करिब २५ करोड रुपियाँ राजश्व संकलन हुन बाँकी छ ।

विभागले वडा कार्यालयले तयार गरेको तथ्याङ्कको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संविधानको अनुसूची ८ ले सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै कामपाले ३३ निकायलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको हो ।

वडा कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार ल्यान्डमार्क होटल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल सुन्धारा, सीटीसी मल सुन्धारा, एनआरटी क्लब, नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धवारी कम्प्लेक्स र काठमाडौं इन्जिनियरिङ कलेज छन् । यी सबै करदाताले सम्पत्ति कर तिर्न बाँकी छ ।

 


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...