back
sanima relaince life
citizen life
machapuchre bank

प्रादेशिक संरचना निर्माणका लागि जग्गाको भोगाधिकार माग

648 

shares
sanima relaince life
citizen life
machapuchre bank

बागमती । बागमती प्रदेश सरकारले प्रादेशिक संरचना निर्माणका लागि जग्गाको भोगाधिकार माग गर्न सङ्घीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ कठ्ठा १२ धुर जग्गामा संरचना बनाउने गरी अनुमतिका लागि सिफारिस माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।

यसअघि सोही ठाउँको आठ कठ्ठा जग्गाको भागाधिकार प्राप्तिका लागि सिफारिस माग गरिएको थियो । बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार प्रदेशका करार कर्मचारीले अब मासिक रु दुई हजारका दरले महँगी भत्ता पाउने छन् । मन्त्रिपरिषद् बैठकले गत आवमा विकास योजनाको काम सम्पन्न भएका र असार मसान्तमा भुक्तानी हुन बाँकी रहेको करिब रु तीन अर्ब रकमको यकिन विवरण संकलन गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री खनालले जानकारी दिए । रासस


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...