back

करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न गाउँपालिकाद्वारा रोक

काठमाडौं । रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।

करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । “माछा मार्नेक्रममा करेन्ट तथा ब्लाष्टिङ प्रयोगले माछासँगै जलचरसमेत पूर्णरुपमा नष्ट हुन्छ”, उनले भने, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”

रावाखोलामा धेरैजसो अन्यत्रबाट आउने व्यक्तिले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीय बासिन्दाले नै विष लगाउनुका साथै ब्लाष्टिङ हानेर माछा मार्ने गरेको बताइएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बग्ने रावाखोलामा पाइने असला माछा देशभर प्रसिद्ध छ । रावाखोलामा पाइने असला माछाको सिकुटी राजधानी काठमाडौँलगायत विभिन्न सहर तथा बजारमा निर्यात हुने गरेको छ । रावाखोलाको माछा मारेर स्थानीय बासिन्दाले राम्रो आयआर्जनसमेत गर्दै आएका छन् । सावाखोला आसपास गर्ने कुभिण्डे, खार्पा, लामीडाँडा, हौँचुर, जालपालगायतका स्थानीय बासिन्दाले माछा मार्ने व्यवसाय गर्दै आएका छन् ।

रावाखोलामा प्रतिकेजी रु छ सय मा बिक्री हुँदै आएको असला माछाको सुकुटी जिल्लामै प्रतिकेजी रु तीन हजार पाँच सयमा बिक्री हुने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लका रावाखोलासँगै तापखोला, साप्सुखोला, बुँवाखोला, टुवाखोला, देखुमखोलालगायतमा असला माछा पाउने गरेको छ । यसअघि केपिलासगढी गाउँपालिकाले पनि स्थानीय खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको थियो । गाउँपालिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्न रोक लगाएपछि स्थानीय खोलामा असला माछासमेत वृद्धि भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

 


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...