back

दलितहरुको हकहितका लागि ‘दलित आत्मारक्षा अभियान’को पत्रकार सम्मेलन

258 

shares

काठमाडौं । दलित हकहितका लागि ‘दलित विद्रोह किन, कस्तो र कहिले विषयक अन्तरक्रिया कार्यक्रमको पत्रकार सम्मेलन गरिएको छ । कार्यक्रममा दलितका समस्या पहिचान र त्यसको समाधानका लागि के गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नेपालमा अझै पनि राजनीतिक दलहरुले दलितमाथि शोषण गर्दै आएको, छुवाछुतको अन्त्य अभैm नभएको भन्दै सामाजिक अभियान्ताहरुले व्यापक आवाज उठाएका थिए । उनीहरुले अझ शहरमा भन्दा गाउमाँ दलितका समस्याहरु ज्यूकात्यूँ रहेको, अहिले पनि दलितहरुले पहिलाकै अवस्थामा अपहेलित हुनुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी कार्यक्रममा नेपालको संविधान २०७२ मा दलितको हकहितको बारेमा जति उल्लेख गरेपनि व्यवहारमा भने अहिलेसम्म लागु हुन नसकेको गुनासो वक्ताहरुले पोखेका थिए ।

त्यसैगरी कार्यक्रममा दलित आत्मारक्षा अभियानका संयोजक डा. मित्र परियारले जबसम्म छुवाछुतको अन्त्य गाउँबाट हुँदैन तबसम्म संविधानमा जति उल्लेख गरेपनि त्यसको अर्थ नहुने बताउँदै त्यसको अन्त्यका लागि आन्दोलनको आँधिबेहेरी आवश्यक रहेको त्यसको नेतृत्व दलित आत्मारक्षा अभियानले गर्ने बताए ।

कार्यक्रमको उद्घाटन मीठो स्वरका धनी महेन्द्र वि.क.ले क्रान्तिकारी गीत गाएर गरेका थिए । उनका गीतमा दलितका आवाज गुन्जिएको पाइन्थ्यो भने शब्द, लय र स्वर पनि दर्शक, स्रोताका मन तान्न सक्ने खालका थिए ।

डिकबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमा अधिकांश वक्ताहरुले दलित हकहितका लागि राजनीतिक पार्टीको पछि लाग्नुभन्दा पनि सबै तह तप्काका नागरिकहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

गत चैत ७ गते घोडेजात्राका दिन काठमाडौं धुम्बाराहीमा सम्पन्न भएको कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता र सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजक दलित आत्मारक्षा अभियान रहेको थियो ।


भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला...

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

गलेश्वर (म्याग्दी)। म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर...

सांसद खानद्वारा सपथ ग्रहण

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित...

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

काठमाडौं। कञ्चनपुरका विपिन जोशीको परिवारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा...

नेविसंघले बुझायो, तामाकोशी गाउँपालिकामा ज्ञापनपत्र

नेविसंघले बुझायो, तामाकोशी गाउँपालिकामा ज्ञापनपत्र

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकामा नेविसंघले ज्ञापनपत्र बुझाएको छ...

ग्लोबल आइएमई बैंककोे तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंककोे तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा...