back
nepal rastra bank aniversary

काठमाडौँ महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

378 

shares
nicasia bank

काठमाडौँ । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

आज कामपाको आव २०७८७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ ।

बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिए ।

जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर...

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका...

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबारदेखि...