back
adikar sampana bagmati
fikal gaupalika

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

240 

shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउनुपर्ने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधारलगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको सहज पहुँचमा नरेहको जनाए ।

“आजको युग विज्ञान र प्रविधिको युग हो ”, उनले भने, “दूरसञ्चार सेवालाई सबै जनतामाझ पु¥याउनुपर्दछ । यसको सहज पहुँचबाट मात्र उनीहरुको सूचनाको हक पूरा हुन्छ । गुणस्तरीय इन्टरनेट सेवा नभएका कारण धेरै भुक्तानी रोकिएर सेवाग्राही मर्कामा परेकाले सेवा प्रदायकले भनाइ खानुपरेको उनको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले दूरसञ्चार प्राधिकरणले सेवाको विस्तारका साथै क्षमता वृद्धि गर्नुपर्ने जनाए । विद्युत् आपूर्ति, प्राविधिक जनशक्तिको व्यवस्थापन, सहुलियत प्याकेज प्रदान गर्न नियमनका लागि कानुन निर्माण गर्न आवश्यक रहेको उनले बताए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्लले कर्णालीका मुगु, डोल्पा र हुम्लाका नागरिकले फोन गर्न अग्लो डाँडो वा रुखमा जानुपर्ने बाध्यता रहेको जनाए । आवाबाट सुरु भएको सेवा आज निकै विकसित, सुदृढ र प्रभावकारी बनेको अवस्थामा दुर्गमवासी सञ्चारको सहज पहुँचमा नरहेको बताउँदै उनले टावर राख्ने सन्दर्भमा वन मन्त्रालयसँग सम्बन्ध राख्न अनुरोध गरे ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विकले कर्णालीका दुर्गम स्थानमा सञ्चार पु¥याउने कुरामा प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रसारण लाइन जोडिन नसक्दा पनि डोल्पा, हुम्ला, मुगुमा फोन तथा इन्टरनेट सेवा सञ्चालनमा समस्या भएको उनको भनाइ थियो ।

प्राधिकरणका उपभोक्ता हित संरक्षण महाशाखाका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चारको समस्याको जानकारी लिने, उपभोक्तालाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायको पहिचान गर्ने उद्देश्यले कर्णाली प्रदेशमा दूरसञ्चार सेवासम्बन्धी अन्तक्र्रिया गरिएको बताए ।

 


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...