back
rubela khop

कोशी प्रदेश नामाकरण विवादपछि छानविन गर्न सरकारले समिति गठन गर्दै

360 

shares
rubela khop

काठमाडौं । चैत ५ गते भएको कोशी प्रदेश नामाकरण विवादपछि छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।

छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ । कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टि जनाउँदै संघीय लिम्बूवान पार्टी, किरात राई यायोख्या, किरात याक्थुम चुम्लुंग लगायतका संस्थाले विरोध गरिरहेका छन् ।

प्रदेशमा गरेको विरोध प्रदर्शनको क्रममा चैत ५ गते प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनमा उत्रिएका लाजेहाङ लिम्बु गम्भिर घाइते भएका थिए । उनको हिजो ९चैत १० गते० बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...