back
adikar sampana bagmati
fikal gaupalika

बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति

114 

shares

काठमाडौँ । काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए । विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए ।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...