back

खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

192 

shares

काठमाडौं खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गर्नुभएको हो । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भए । उनले सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा युधिर शाक्य विजयी भए । उनले नेत्रबहादुर कटवाललाई हराएका हुन् ।

सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए । वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए ।


ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य...

गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्यायले सम्हाले कार्यभार

गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्यायले सम्हाले कार्यभार

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौं । यहि वैशाख १६ र १७ गते (अप्रिल...

पार्टीको अनुमतिबिना विदेश भ्रमण नगर्न सांसदहरूलाई ओलीको निर्देशन

पार्टीको अनुमतिबिना विदेश भ्रमण नगर्न सांसदहरूलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको...

समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिनुहुदैन : अध्यक्ष दाहाल

समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिनुहुदैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै कानुन निर्माण...

राजनीति सही दिशामा गइरहेका बेला एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

राजनीति सही दिशामा गइरहेका बेला एकीकृत समाजवादीले अराजनीतिक निर्णय लियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा...