back
rubela khop

तनहुँमा स्वर्णिम वाग्ले र बारामा रमेश खरेलले रास्वपाबाट उम्मेदवारी दिने

180 

shares
rubela khop

काठमाडौं । नेपाली कांग्रेस परित्याग गरि अर्थविद् स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै पूर्वडीआईजी रमेश खरेल पनि त्यतै लागेका छन् । मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ को उम्मेदवार रहेका खरेल बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा–२ बाट उम्मेदवार बन्न लागेका हुन् ।

रास्वपाले बिहीबार राति सार्वजनिक गरेको सम्भावित उम्मेदवारको सूचीमा ३ निर्वाचन क्षेत्रमा ६ जना सम्भावित उम्मेदवार रहेका छन् । चितवनको क्षेत्र नं। २ मा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने तनहुँको क्षेत्र नं। १ मा डा। स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा। रुपक विक घिमिरे रहेका छन् ।

चितवन २ मा रवि लामिछाने नै पक्कापक्की उम्मेदवार रहेका छन् भने तनहुँमा स्वर्णिम वाग्ले नै बलिया उम्मेदवार देखिएका छन् । त्यस्तै बारा–२मा रमेश खरेल र युवराज न्यौपानेलाई रास्वपाले सम्भावित उम्मेदवारका रुपमा अघि सारेको छ ।

मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता दुरुपयोगमा दोषी ठहर भएपछि माघ १३ गते पदमुक्त भएका थिए । त्यस्तै तनहुँबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट विजयी जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि तीनवटै निर्वाचन क्षेत्र रिक्त रहेका हुन् ।

 


कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...

राजनीतिमा आउने साराको संकेत

राजनीतिमा आउने साराको संकेत

काठमाडौं।बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम...

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

साउदी अरबले पहिलो पटक मिस युनिभर्समा भाग लिने

काठमाडौँ । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स...

वर्तमान गठबन्धन सरकार लामो समय टिक्नेवाला छैन : महामन्त्री थापा

वर्तमान गठबन्धन सरकार लामो समय टिक्नेवाला छैन : महामन्त्री थापा

परासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट पुनः...

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी...