back
nepal rastra bank aniversary

छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कुटपिट

312 

shares
nicasia bank

काठमार्डौ । दाङमा एक युवतीसँग प्रेम गरेको आरोपमा एक युवामाथि निर्घात कुटपिट भएको छ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादव आफ्नी प्रेमिकाका आफन्तबाट कुटिएका हुन् ।

प्राप्त समाचार अनुसार यो घटना यही साउन २१ गतेको हो । त्यससाँझ मान्सारामकी प्रेमिकाले फोन गरेर घरमा भेट्न आउन आग्रह गरेकोले उनी साइकल चढेर युवतीको घरमा गएका थिए । राती ९ बजे प्रेमिका भेट्न उनको घरमा पुगेका मान्साराममाथि प्रेमिकाका बाबुसहितका आफन्तहरुले कुटपिट गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीका अनुसार प्रेमिकाका बाबु उनकी छोरी र छोरीका प्रेमी सँगै पढ्ने विद्यालयका शिक्षक पाटेश्वर यादव हुन् । उनले आफ्नी छोरी र मान्सारामबीच प्रेम सम्बन्ध रहेको थाहा पाएपछि फोन गर्न लगाएर बोलाएको अनि घरमा पुग्नासाथ निर्घात कुटपिट गरेको थाहा पाएको उनले बताइन् ।

मान्सारामलाई कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा पुर्याइएको थियो । कुटपिटबाट मान्सारामको टाउको, मुख, खुट्टामा चोट लागेको छ ।

आफूलाई बोलाएर निर्घात कुटपिट गरिएको भन्दै मान्सारमले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले बुधबार उनीमाथि कुटपिटमा संलग्न पाटेश्वर यादव र यादवका दाइ धीरबहादुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 


सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा...

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

गृहमन्त्रीले ठगी गरेको छ कि छैन छानबिनबाट प्रमाणित हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि...

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेपाली कांग्रेसजस्तो...

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सामना गर्न तयार : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको आवाज...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक...

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

सत्तापक्षले सहकारी ठगलाई जोगाउनु लोकतन्त्रमाथिको आक्रमण : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले...