एउटै चिन्ह लिएर निर्वाचनमा सहकार्य गर्न प्रचण्डलाई बाबुरामको प्रस्ताव
480
sharesकाठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एउटै चिन्ह लिएर आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गर्न नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रस्ताव गरेका छन् ।
अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चा बनाउने र एउटै चिन्ह लिएर सहकार्य गर्ने बारे छलफल गरेका हुन् ।
माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा। भट्राईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १८:१६