back
RBB

सर्‍यो विश्वकप फुटबल

288 

shares

काठमाडौं । अन्तत:  कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । आगामी नोभेम्बरवाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो ।

जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उदघाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।

आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात उदघाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन । जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

उदघाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिवाट गृहकार्य सुरु गरेको थियो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले त्यो बेला जनाएको थियो ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित भएसँगै उद्घाटन खेलमा अब आयोजक राष्ट्र कतारले इक्वेडरको सामना गर्नेछ। सो, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनिवार्य रुपमा अनुमोदन गराउनु पर्ने नियम छ ।

जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्ने नियम पनि रहेको छ । जसअनुसार सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गरेका थिए, सो मतदानसँगै बिहिवार अबेर पारित गरिएको थियो । ​

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...