back
prabhu bank
sanima relaince life

चीनले दिने ६० अर्बबारे कुरा भयो, चाँडै उपयोग योजना बनाउँछौं ः मन्त्री खड्का

660 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनले यसअघि दिने भनिएको ३।५ बलियन युआन ९करिब ६० अर्ब रुपैयाँ० को चाँडै उपयोगको योजना बनाइने बताएका छन् ।

तीन दिने चीन भ्रमण सकेर आज ९बिहीबार० साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा। खड्काले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदा दिने भनिएको उक्त रकम उपयोगको योजना बनाइने बताएका हुन् ।

‘विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएका छौँ’, उनले भने, ‘चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा घोषणा भएको ३।५ बिलियन चिनियाँ युआन सहयोग ९करिब ६० अर्ब० को उपयोगबारे रचनात्मक कुरा भएको छ ।’

खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको जानकारी गराएका छन् । यस्तै भ्रमणका क्रममा सीमानाका कोभिड महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि दुई पक्षबीच भएको खड्काले बताए ।

केरुङ९काठमाडौं रेलमार्गबारे छलफल परराष्ट्रमन्त्री नारायण खड्का चीनसँगको द्विपक्षीय बैठकमा विगतमा भएका उच्चस्तरीय भ्रमणमा भएका महत्त्वपूणर् समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा जोड दिएको उनले बताए । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएको पनि उनले बताए।

दुई देशबीच दोस्रो चरणको काठमाडौं रिङ रोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । साथै केरुङ९काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति पनि भएको उनले बताए । यसका लागि यसै वर्ष भित्र चिनियाँ प्राविधिक टोली खटाउने कुरा भएको उनको भनाइ छ ।

उनकाअनुसार नेपालको नुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उनले जानकारी दिए । नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उनको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहोर्‍याएको उनले बताए ।

साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताए । परराष्ट्रमन्त्री खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ गते चीन गएका थिए ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...