back

गठबन्धन डर र कर दुवै भएको कांग्रेस नेता रामचन्द्र पौडेलको दाबी

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर नेपाली कांग्रेसका लागि दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले भने,‘ नेपाली कांग्रेसले गठबन्धन नगरेको अवस्थामा अन्य पार्टीले गठबन्धन गर्न सक्छ ।

अहिले आगामी निर्वाचनमा दलहरु मिलेर अगाडि बढ्नुपर्ने भएकाले गठबन्धन गर्नुपर्ने उनको भनाइ छ । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने बताएका छन् । । गठबन्धनमा तालमेलमेलका विषयमा कुरा चलिरहेको र कांग्रेस मिलाउने पक्षमा रहेको समेत उनले बताए ।

अहिले उमेदवारका विषयमा टुङ्गो नलाग्ने र निर्णय नभएको समेत उनले जानकारी दिए । आफ्नो क्षेत्र र संभावना हेरर अगाडी बढ्ने र उमेदवारीका लागि बाटो खुल्ला हुने कांग्रेसको आंकलन छ । अहिले यसका विषयमा पार्टीगत र गठबन्धनका बारेमा छलफल केन्द्रित भएको उनले बताए ।

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्रीको बन्ने भन्ने विषयमा व्यक्तिगत रुपमा निर्णय दिन नसक्ने भएकाले गर्दा यस्को जिम्मा पार्टीले नै गर्ने उनको भनाइ छ । उनले भने , निर्वाचन पछि को देशको प्रधानमन्त्री बन्ने हो भन्ने विषयमा अहिले किटान गर्न नसकिने र यसको विषय पार्टीभित्र छलफल गरेपछि मात्र पार्टीले बोल्न मिल्ने उनले बताए । यसका साथै नागरिकता विधेक संसदबाट पास भइसकेकाले रोकिन नहुँने समेत उनले बताए ।

उनका अनुसार स्थानीय निर्वाचनमा पनि देशको शक्तिशालि पार्टी नेपाली कांग्रेसले विभिन्न दलहरुसंग गठबन्धनगरे निर्वाचनमा उत्रिएकाले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर नै जानुपर्ने नेपाली कांग्रेसलाई वर्तमान समयमा बाध्यता परेको छ ।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...