back
sanima relaiance life insurance

संसदमा दर्ता भएको चार वर्षपछि बीमा विधेयक पारित, समितिलाई प्राधिकरण बनाइने

468 

shares

काठमाडौं । प्रतिनिधिसभामा चार वर्ष अगाडि प्रस्तुत भएको बीमासम्बन्धी विधेयक आिइतबार पारित भएको छ । यो विधेयक आज संसदमा बहुमतले पारित गरिएको हो ।

अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित भएको छ । यो विधेयक पारित भएसँगै अब बमिा समिति पनि प्राधिकरण हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माका अनुसार आज पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने छन् ।

राष्ट्रपतिबाट विधेयक पारित भएपछि यो विधेयले बीमा ऐनको स्वरुप लिनेछ र सोही ऐन बमोजिम अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक ०७५ असारमा संसद्मा पेस गरेका थिए । उक्त विधेयकमा बिमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरिएपछि विवाद भएको थियो ।


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको...

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत।सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...