back
nepal rastra bank aniversary

खेतबारीमा गोठेमलको प्रयोग बढ्दै

240 

shares
nicasia bank

गलेश्वर । अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् ।

खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ । किसान मलबोक्नमा व्यस्त छन् । प्राङ्गारिक मलको महत्व बुझ्न थालेपछि किसान अहिले गोठे मलको प्रयोग गर्न थालेका छन् । यसले उत्पादन पनि बढाएको छ भने माटो पनि सुधारेको छ ।

गत वर्षदेखि किसानले खेतबारीमा रासायनिक मलको प्रयोग कम गर्दै गएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बजारबाट ल्याइने रासायिकन मलको सट्टा गोठेमलको प्रयोग बढ्दै जाँदा माटोको अम्लियपना पनि कम हुँदै गएको उनले बताए ।

म्याग्दीका सबै गाउँका बासिन्दा खेतीपाती गर्छन् । गाउँका सबैका घरमा भैँसी, गाई, बाख्रा छन् । गाई बस्तुबाट उत्पादन हुने गोठे मल सङ्कलन गरेर किसानले गोठे मलकै प्रयोग गर्ने गर्दछन् । बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो । उनले सुरु सुरुमा एउटै जमिनमा छोटो समयमै पटक–पटक उत्पादन लिन रासायनिक मल प्रयोग गर्थे ।

गोठे मल अर्थात् प्राङ्गारिक मलको महत्व बुझन थालेपछि कृषक पौडेलले गोठे मल नै खेतमा प्रयोग गर्छन् । यसले आम्दानी पनि बढाएको र माटो पनि मलिलो भएको उनले बताए । म्याग्दीका किसान गोठे मल खेतमा लगाएर जैविक तरकारी तथा खाद्यान्न उत्पादनतर्फ लागेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । प्राङगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भए पनि अहिले किसान गोठे मलतर्फ आकर्षित भएको कृषि प्राविधिकको भनाइ छ ।

खेतबारीमा धेरै रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आउने, अम्लीयपना ज्यादा हुने जस्ता समस्या देखापर्ने कृषि विज्ञ बताउँछन् । बिस्तारै खेतबारीमा प्राङ्गारिक मलको प्रयोगले माटोको उर्बराशक्ति पनि बढ्दै गएको र बालीलाई फाइदा गरेको कृषि प्राविधिक निता शर्माले बताए । नेपालमा रासायनिक मलको प्रयोगले उर्बराशक्ति घटेको नदेखाए पनि ठाउँ–ठाउँमा माटोको गुणस्तर तथा माटोमा चाहिने पौष्टिक तत्वको कमी भएको देखाएको माटो विज्ञान अनुसन्धान केन्द्रको तथ्याङ्क छ ।


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सीईओमा देबेन्द्र खनाल...

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

सिरोहिया पक्राउको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग...

कृषि क्षेत्रमा हुने नोक्सानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी : आरजु राणा

कृषि क्षेत्रमा हुने नोक्सानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति...

युवा सिर्जनशील समाजद्वारा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम सञ्चालन

युवा सिर्जनशील समाजद्वारा मखमली जुत्ता, चप्पल र ब्याग बनाउने तालीम सञ्चालन

काठमाडौं । युवा सिर्जनशील समाज नेपालले कामनापा २९ मा...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही...