back
adikar sampana bagmati
fikal gaupalika

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो

42 

shares

त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ ।

जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्याएको हो ।

कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईको अनुसार ‘उज्यालो बागमती अभियान’ अन्तर्गत रु ४० लाख लगानीमा ६० फलामको खम्बा र प्रसारण लाइन विस्तार गरेर विद्युत् पुर्याइएको हो । ‘विद्युत् सेवाको अभाव र तत्कालको लागि प्राधिकरणबाट विस्तारको तयारी नभएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिको आग्रहअनुसार गरिएको स्थलगत सर्वेक्षणअनुसार बत्ती विस्तारको तयारी गरिएको हो’, डिभिजन प्रमुख गुरागाईले भने, ‘किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पुर्याउन सफल भएसँगै पूरा भएको छ ।’

विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसीको उमङ्ग छाएको सूर्यगढी गाउँपालिका–१ वडाध्यक्ष राजकुमार तामाङ ९रञ्जित०ले बताए । उनको अनुसार बत्ती बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पुर्याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयवासीको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बदेल, दुम्सी भगाउन बत्ती बाल्न र सङ्गीत बजाएर भगाउन सकिन्छ भन्ने योजना बनाएका छौँ ।’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम बिहान बेलुकाको समयमा गर्न सहज भएपछि गाउँवासी उत्साहित छन् ।’

कोम्राङपाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ती बालेर सुरु भएको विद्युत् सेवा तार व्यवस्थापनको काम भइरहेकाले लक्ष्यअनुसार एकसय ५० घरधुरीमा पुर्याउन एक साता लाग्ने देखिएको छ ।

साठी वटा खम्बा र त्यसमा प्रसारण लाइन जडान भइसकेको छ भने घरघरमा विद्युतीकरणको लाइन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ती बल्न केही दिन लाग्ने योजना कार्यान्वयन गर्ने ‘ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समिति’का अध्यक्ष काजीमान तामाङले बताए ।

समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस ९कोम्राङपाखा० बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको उनको भनाइ छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...