back
adikar sampana bagmati
fikal gaupalika

तारकेश्वरमा ‘एक घर, एक धारा’

138 

shares

काठमाडमौं । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए ।

“हामी निर्वाचित भएको आज एक वर्ष पूरा भएको छ, निर्वाचित भएसँगै बसेको कार्यपालिका बैठकले गरेको एक घर, एक धारा निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक वडामा २० लाख लिटरका पानी ट्याङ्की निर्माण गर्न लागेका हौँ”, उनले भने । अँधेरी खोला र अल्ले खोलाको पानी तारकेश्वरमा ल्याइने उनको भनाइ थियो ।

तारकेश्वरले हाल वडा नं २ काभ्रेस्थलीका चार हजार आठ सय ७५ घरधुरीलाई एक घर, एक धाराअन्तर्गत खानेपानी योजना सुरु गरिसकेको छ । तारकेश्वरले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत एक हजार ८३ वटा योजना र ठेक्कामार्फत २६ वटा योजना सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको नगरप्रमुख महर्जनको भनाइ छ ।

प्रदेशस्तरीय योजनाबाट विष्णुमति करिडोर चाँडो निर्माण गर्न लागेको नगरप्रमुख महर्जनले बताउनुभयो । सो नगरपालिकाले चालु आवमा २८ वटा कार्यपालिका बैठक बसी नगर विकासको लागि जनताकै हितमा हुने गरी निर्णय गरी प्रभावकारी कार्यान्वयन गरिरहेको छ ।

तारकेश्वरले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागिरु आठ करोड ४६ लाख शिक्षामा बजेट विनियोजन गरेको नगरप्रमुख महर्जनले बताए । “म निर्वाचनबाट नगरप्रमुख भएको एक वर्ष भएको छ मैले पाउने तलब भत्ता गरिब, निमुखा, असहायका लागि वितरण गर्दै आएको छु”, उनले भने ।

नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकामा बाटो मिचिएको र घरझगडाका मुद्दा बढी आउने गरेको बताए । स्थानीय तहमा परेका मुद्दा सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउने गरी नगरपालिकाको न्यायिक समितिले काम गरेको उनको भनाइ थियो ।

उहाँले नगरपालिकामा परेका एक सय १० मुद्दामध्ये ५५ मुद्दालाई फैसला र मेलमिलाप गरेर पठाइएको जानकारी दिए । सो नगरपालिकामा गत आवमा ५० मुद्दा र चालु आवमा ६० मुद्दा दर्ता भएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले संविधानले स्थानीय तहलाई दिएको अधिकारका क्षेत्रको सही र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

तारकेश्वरलाई जनमुखी बनाउन नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्यसम्पादन करार सम्झौता सम्पन्न गरिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत डा घिमिरेले भ्रष्टाचार, बेरुजु, पेश्कीलगायत विषयवस्तुमा शून्य सहनशीलता अवधारणा लागू गरी पारदर्शी, असल सुशासन कायम र सोको प्रभावकारी कार्यान्वयन गरिएको उल्लेख गरेयो ।

नगरपालिकाका सूचना अधिकारी सागर अर्यालले स्थानीय सरकारको पूर्ण अधिकारको सदूपयोग र आवश्यकीय कानुनको तर्जुमालाई प्राथमिकता दिएको उल्लेख गरे । २१ हजार ६२३ घरधुरी रहेको सो नगरपालिकामा एक लाख ५१ हजार जनसङ्ख्या रहेको छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...