प्रधानमन्त्री प्रचण्ड र कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माबीच भेटवार्ता
156
shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्मन्त्री शर्मा आइतबार आर्थिक मामिला मन्त्री बेजराज सिंह सहितको टोली बनाएर बालुवाटार पुगेका हुन् ।
श्रोतका अनुसार मुख्यमन्त्री शर्माले प्रदेशमा भएका समस्याहरुलाई लिएर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीलाई कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको सवालमा छलफल भएको हो ।
कर्णालीका सबै जिल्लामा बिजुली पुर्याउनेदेखि राज्यले नै उद्योग चलाउनुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शर्मा सहितको टोली केहीदिन काठमाडौंमै बस्ने बताइएको छ ।
वि.सं.२०८० जेठ ७ आइतवार ११:५३