back
adikar sampana bagmati
fikal gaupalika

गगन थापा भन्छन्, विद्युतीय सवारीसाधन दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ

246 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपालमै उत्पादित विद्युतीय सवारीसाधन दर्तामा समस्या देखिएको भन्दै समाधान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भएर दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताएका हुन् ।

सांसद थापाले गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादित बस्तु दर्ताको नीति नै ढिलो बनेकाले भ्याटबिल तिरेको ३५ दिनभित्र दर्ता नगरे जरिवाना लाग्ने प्रावधानलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद्मा बोल्दै उनले भने, “अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ । सरकार भन्छ– भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन, दर्ता भएन । अहिले कानुन बन्यो, दर्ता भयो तर आफै ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् तैँले रु जरिवाना तिर्नुपर्छ ।”

“सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ?” सांसद थापाले प्रश्न गरे । उनले यो विषय उद्यमीसँग मात्र सम्बन्धित नभएर स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित भएको भन्दा यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...