back
rubela khop

बाँझो जमिनमा सामूहिक र सहकारी खेती गरेर उत्पादन वृद्धि गरिनेछ : मन्त्री भुसाल

198 

shares
rubela khop

मधुकर चौलागाई

अर्घाखाँची । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए ।

पहिले जस्तो गोरुले जोतेर कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको उनले बताए ।

मन्त्री भुसालले भने, “पहिले खाद्यान्न निर्यात गर्थ्यौं अहिले खाद्यान्न आयात गर्छौं । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायिकीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ ।”

कृषिबाट उत्पादन भएको धान, मकै, गहुँलगायतका खाद्य सामग्रीको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने उनको भनाइ थियो । उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...