back
adikar sampana bagmati
fikal gaupalika

तिलिचोबाट हिमालय बचाउ अभियान

36 

shares

‘काठमाडौं । हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको अभियानका क्रममा आज सो स्थानबाट हिमालय बचाउ नदी जोगाउने सन्देश प्रवाह गरिएको काठमाडौँ अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिए ।

शान्ति समाजका सल्लाहकार तथा धर्ती जोगाउ अभियानका अभियानकर्मी उत्तम पुडासैनी, शान्ति समाज काठमाडौँ शाखाका सभापति, सचिव तथा कोषाध्यक्ष क्रमशः भगवान पुडासैनी, प्रमोद फुँयाल र विकास थापा सम्मिलित समूहले मनाङ जिल्लाको खाङ्गसारदेखि तिलिचोसम्मको पदयात्रा गर्दै यत्रतत्र फालिएका फोहोर व्यवस्थापन गरेर अभियानलाई निरन्तरता दिएको हो ।

तिलिचो किनारमा पुगेर भावी सन्ततिको सुरक्षाका लागि र मानव जीवनकै अस्तित्वका लागि अब फोहर व्यवस्थापनमा सबै सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको छ । सो अवसरमा अभियानकर्मीको समूहले कार्बन उत्सर्जनमा न्यूनता ल्याउन सबैसँग आग्रह गरेको छ ।

शान्ति समाजले हिमालय बचाउ अभियानअन्तर्गत यसअघि सङ्खुवासभाको मकालुबाट हिमालय बचाउ अभियानको प्रारम्भ गरेको थियो । उक्त अभियानको अगुवाइ नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गरेका थिए । त्यसपछि मुस्ताङको लोमानथाङबाट समेत हिमालय बचाउ अभियानलाई अघि बढाइएको समाजले जनाएको छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...