back

फोहोर व्यवस्थापनमा सबै मिलौँ : सहरीविकास मन्त्री

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर मैला व्यवस्थापनमा सबै पक्ष मिल्न जरुरी रहेको धारणा राखेका छन् ।

बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सन्चालनमा देखिएका स्थानीय समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताएका हुन् ।

फोहोर मैला व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका प्रयासबारे जनतालाई जानकारी दिनुपर्ने भन्दै मन्त्री चौधरीले भने, ‘स्थानीय जनता, जनप्रतिनिधि, काठमाडौँ, धादिङ र नुवाकोटका निर्वाचित सांसद, फोहोर व्यवस्थापन विज्ञहरु जम्मैको प्रयासमा समस्या समाधान गरौँ ।’

मन्त्री चौधरीले सांसद गगन थापा संयोजक रहनेगरि अनुगमन समिति बनाउने प्रस्ताव समेत गरेका थिए । मन्त्रीको प्रस्ताव लगत्तै सांसद थापाले काठमाडौँ, धादिङ र नुवाकोटका सांसदको भेलाबाट संयोजक तोक्न सकिने धारणा राखेका थिए ।

मन्त्रालयले आयोजना गरेको बैठकले नेपवेस्ट सम्झौतामा थप छलफल गर्न सिफारिस गर्ने, अनुगमन तथा सहजीकरण समिति बनाउने र फोहोर मैला व्यवस्थापनमा उपलब्ध नयाँ प्रविधि सम्बन्धि अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा सांसद गगन थापा, मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंह, ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल, काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिवेशी नगरपालिकाका प्रशासकीय प्रमुख अच्युतराज रेग्मी, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, फोहोर व्यवस्थापन विज्ञ महेश नकर्मी, सिसडोलबासीका तर्फबाट श्रीराम ढुङ्गाना लगायतले आआफ्ना धारणा राखेका थिए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...