back
adikar sampana bagmati
fikal gaupalika

प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

138 

shares

काठमाडौं । नेपाल सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज पनि छलफल जारी रहनेछ ।

आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राख्ने भएका हुन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

यसअघि सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्यवनमा जोड दिएका थिए भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नसमेटेको टिप्पणी गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममाथिको पहिलो दिनको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेका थिए । यस्तै छलफलको दोस्रो दिन सोमबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष राजेन्द्र लिङदेनलगायतका शीर्ष नेताले सम्बोधन गरेका थिए ।

२० जना सांसदले त नीति तथा कार्यक्रम संशोधनको सूचना नै दर्ता गराएका छन् । तर अहिले दर्ता भएका संशोधनको सूचनामाथि होस् या सांसदले छलफलमा भाग लिएर दिएका सुझाव नीति तथा कार्यक्रममा समेटिने सम्भावना न्यून छ । किनकि यसअघि पनि यस्ता सुझाव आउँदा प्रधानमन्त्रीले जवाफ दिने र जस्ताको तस्तै पारित गर्ने परिपाटी छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा प्रतिपक्षीले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि संशोधन दर्ता गराएका छन् । तर संशोधनकर्ता सत्तारुढ दलकै सांसदलाई आफ्ना सुझाव समेटिनेमा विश्वास छैन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि खरिद ऐन संशोधन गर्नुपर्ने र संसदीय अनुगमनलाई महत्त्व दिनुपर्ने सुझाव दिएका छन् । कृषि उत्पादन वृद्धिका लागि भूमिको चक्लाबन्दी सम्बन्धी नीति नै बनाउनुपर्ने सुझाव सांसदहरूको छ ।

नीति तथा कार्यक्रममाथि प्रतिपक्षले विरोध गर्ने र सत्तापक्ष बचाउमा मात्र लाग्ने परिपाटी मात्रै हाबी हुँदै आएको छ ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...