back
adikar sampana bagmati
fikal gaupalika

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति

192 

shares

काठमाडौं। नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडी राखेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुँदा–

१– आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२– गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।

३– केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।

४– केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५– तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६– प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।

७– तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८– उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन् ।

९– निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन्, कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन् ।

१०– सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन्।

११– आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।

१२– केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३– जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।

१४– देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन्।

१५– बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । खाँण मार्फत् काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६– रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...