back
adikar sampana bagmati
fikal gaupalika

सिटाडेल सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य

30 

shares

मुम्बई । दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभु नयाँ वेब सिरिज ‘सिटाडेल’मा अभिनेता वरुण धवनका साथ देखिँदैछिन् । केही दिनअघि सामन्थाले आफ्नो सामाजिक सञ्जालमा वरुणसँग आफूले स्क्रिन सेयर गर्न लागेको उल्लेख गरेकी थिइन् ।

यो एक साइन्स फिक्सन सिरिज हो । राज एण्ड डीकेले निर्देशन गरेको यो सिरिज प्रियंका चोपडा र रिचर्ड मेडेनद्वारा अभिनित अमेरिकी सिरिज ‘सिटाडेल’ जस्तै हुनेछ । केही समयअघि वरुण र सामन्था यसको यूके प्रिमियरका लागि लण्डन गएका थिए ।

सिरिजसँग जोडिएको पछिल्लो खबर अनुसार सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य राखिएको छ । अमेरिकी सिरिजजस्तै भारतीय सिरिजमा पनि सामन्था र वरुणका केही अन्तरंग दृश्य रहनेछन् । स्क्रिप्टका लागि महत्वपूर्ण दृश्य भएकाले सामन्थाले शर्तसहित वरुणसँग अन्तरंग दृश्यका लागि सहमत भएकी हुन् । यद्यपि यो विषयमा निर्माताले मुख खोलेका छैनन् ।

रुसो ब्रदर्शको यो सिरिजको हिन्दी नाम के हुन्छ भन्ने निश्चित भइसकेको छैन । अनटाइटल्ट यो सिजिलाई क्रिएटर्स राज र डीकले निर्देशन गरिरहेका छन् । यसको कथा सीता आर मेननले राज र डीकेसँग मिलेर कथा लेखेका हुन् । सामन्थाले यसअघि राज–डीकेसँग वेब सिरिज ‘द फेमिली मेन २’मा काम गरिसकेका छन् ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...