सिटिजन्स बैंकका ग्राहकहरुलाई रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट
162
shares
काठमाडौं। सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन्।
बैंकका कार्डवाहक ग्राहकहरूले रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउने भएका हुन्। छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
हस्ताक्षरपछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले टिकट खरिदमा छुट पाउने बैंकले जनाएको छ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
वि.सं.२०८० जेठ १० बुधवार ११:३१