back
adikar sampana bagmati
fikal gaupalika

प्रधानमन्त्री दाहाल जेठ १७ देखि भारत भ्रमणमा जाने

156 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यही जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री बनेको पाँच महिना पछि उनी दक्षिणी छिमेक भारत भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै भारत जाने तयारीमा जुटेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रधानमन्त्री दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । यसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

प्रधानमन्त्री दाहालको चार दिने भारत भ्रमणका लागि नेपाली पक्षले गृहकार्यलाई तीव्रता दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहाल जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरुले जानकारी दिएका छन् । सोही दिन दाहाललाई भारतका विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ गते मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने जानकारी दिइएको छ ।

गत वैशाखमै भारत भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो ।

प्रधानमन्त्रीका रुपमा दाहालको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि दुई पटक उनले भारत भ्रमण गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा उनले उत्तरी छिमेक चीनबाट पहिलो विदेश भ्रमण गरेका थिए । चीनबाट फर्केपछि उनी भारत भ्रमणमा गएका थिए । सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा भने उनले पहिलो पटक भारतको भ्रमण गरेका थिए ।

 


स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा घोर्थली स्वास्थ्य चौकीको भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला...

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...