कीर्तिपुर नगरपालिकाले पनि चलायो डोजर, अवैध संरचना हटाउन सुरु
1.1K
sharesकाठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अवैध संरचना भत्काउने अभियानले तीब्रता पाएका बेला कीर्तिपुर नगरपालिकाले पनि सोही शैली अपनाएको छ । यस नगरपालिकाले पनि बिहीबारबाट नक्सा पास नगरी बनाइएका त्यस्ता संरचना हटाउन सुरु गरेको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीका अनुसार नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना हटाउन डोजर चलाइएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १० को नयाँ बजारमा नक्सापास विना बनाएको संरचना हटाउन थालिएको उनले बताए ।
नक्सा पास बिना पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको र यसपछि अभियानकै रुपमा नगरपालिकाभित्रका नक्सापास बिना बनेका संरचना हटाइने उनले जानकारी दिए ।
वि.सं.२०७९ भदौ ९ बिहीवार १७:०५